• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

बागमती प्रदेश सञ्चार रजिष्ट्रार द्वारा संचालित ५ दिने डाटा पत्रकारिता तथा पटकथा तालिम सौराहामा सम्पन्न

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

चितवन  । चितवनको सौराहामा पाँच दिने डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले फागुन ३ गतेदेखि सञ्चालन गरेको तालिम सोमबार सम्पन्न गरिएको हो ।

डाटा ड्रिभन पत्रकारिता र पटकथा लेखन तालिमका लागि छुट्टाछुट्टै प्रशिक्षकहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी पत्रकार पुष्पा थपलियाले तालिममा आउनु अघि आफूलाई नयाँ गुगल सिट कसरी खोल्ने ? भन्ने समेत जानकारी नरहेको बताइन् ।

तालिमपछि तथ्यांकलाई समाचारमा जोडेर पाठकले सहज रुपमा बुझ्न सक्ने गरी प्रस्तुत गर्न सक्षम भएको सुनाइन् । सोही तालिममा सहभागी सञ्जिव सुनारले तथ्यांक पत्रकारिता तालिम उपलब्धीमूलक भएको बताए ।

तथ्यांकमा आधारित पत्रकारिता तालिममा उमेश श्रेष्ठ र अरुण कार्कीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक श्रेष्ठले पाँच दिनको तालिमले भोक जगाउने काम मात्रै गरेको बताए । अब अगाडि कसरी बढ्ने भनेर बाटो आफैंले खोज्न उनको आग्रह छ ।

पटकथा लेखन तालिममा सहभागी भएकी सृजना दुवालले तालिममा आउँदा र अहिले फरक अनुभूति भएको बताइन् । । ‘कथा लेख्न त आउँछ भनेर लाग्थ्यो तर त्यो सत्य रहेनछ । तालिमपछि अझै धेरै सिक्न बाँकी रहेको महशुस भएको छ । तालिममा डट डटलाई जोडेर कसरी कथा बनाउने भनेर सिकेको उनको भनाई छ ।’ उनले भनिन्, ‘खुशीको कुरा प्रशिक्षकहरुले थप सिकाउने वाचा गर्नुभएको छ ।’

अर्का प्रशिक्षार्थी श्रीधर न्यौपानेले तालिमले पटकथा लेखनका लागि बाटो देखाएको बताए । पटकथा लेखन तालिममा केशव पाण्डे, प्रविण कुमार रावत र सुवास कोइरालाले प्रशिक्षण दिएका थिए । पटकथा लेखन तालिमका प्रशिक्षक केशव पाण्डेले तालिम पाँच दिने तालिम पटकथा लेखन यात्राको शुरुवात मात्रै भएको बताए । ‘ अहिले नै कथा लेख्ने, कथा भन्ने यात्रामा फुल स्टप लागेको हैन, यात्राको शुरुवात मात्रै हो ।’ उनले भने ‘सपनाको यात्रा चलिरहन्छ । सपनालाई मर्न दिनुहुँदैन ।’

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले क्लास रुममा जानु अघिको ‘ग्याप’ भर्नका लागि ‘ब्रिज’ कोर्ष मात्रै सञ्चालन गरेको बताए । ‘हामी सिक्न आएका थियौं, प्रशिक्षकले दिनरात नभनी प्रशिक्षण दिएका छन् ।’ उनले भने ‘ त्यसको सदुपयोग गरिदिनुस ।’

दक्ष जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘ पाँच दिने तालिम मार्फत टन्न दिएका छौं भन्दैनौं । सिक्ने भोक जगाएका छौं । कम्तीमा तीन तीन महिनाको तालिम आवश्यक पर्छ । ’ सञ्चार रजिष्ट्रार सापकोटाले भने ‘ सिकेको कुराको सदुपयोग गरिदिनुस ।’

पटकथा मात्रै तयार गर्नेलाई २५ हजार र फिल्म बनाउनेलाई ७५ हजार रुपैयाँ सहयोग गर्ने बताए । फिल्म प्रदर्शनका लागि विदेश जाँदा लाग्ने भाडामा पनि सकेको सहयोग गर्ने उनको आश्वासन छ । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र