• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा , प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले आज (मंगलबार)त्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।

करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।

‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताउनुभयो ।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताउनुभयो ।

भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिनुभयो । 

भ्रमण वर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन्। भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।


Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र