• २८ चैत २०८१, शुक्रबार
  • Fri, 11 Apr 2025
गोरखापत्र
गोरखापत्र

बागमती बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन गर्दै

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले वैशाख २८ देखि ३० गतेसम्म युवा सम्मेलन गर्ने तयारी गरेको हो ।

सामाजिक विकास मन्त्रालय हेटौँडामा केही दिन अघि बसेको ११ औँ बोर्ड बैठकले गरेको निर्णय अनुसार ३ दिने युवा सम्मेलन आयोजना गर्न थालिएको हो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

उपाध्यक्ष चौलागाईका अनुसार परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेसँगै प्रदेशमा युवाका क्षेत्रमा काम गर्न सहजता मिलेको थियो । युवाहरूको आवश्यकता, माग, उद्यमशीलता लगायतका विषयमा काम गर्न नीतिगत रूपमा सहजता मिलेको उनले बताए ।

युवा सम्मेलनमा २०० भन्दा बढी युवाको सहभागिता रहने छ । विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका युवाको सहभागिता रहने उपाध्यक्ष चौलागाईले बताए ।

सोही नीति अनुसार परिषद्ले युवा सम्मेलनको तयारी गरेको चौलागाईको भनाइ छ । युवा सम्मेलन क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने उनले विश्वास व्यक्त गरे । युवा पुस्तामा चरम निराशाका बिच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उनले बताए ।

सम्मेलनमा सहभागीहरूको आवास र खानाका लागि २० लाख रुपैयाँ खर्च हुने चौलागाई बताउँछन् । अन्य सम्पूर्ण काम स्वयंसेवक मार्फत गरिने उनले बताए । कार्यक्रममा सहभागी हुने वक्ता तथा सहजकर्ताको सेवा सुविधामा रकम खर्च नगरिने उनको भनाइ छ ।

को को सहभागी हुन पाउँछन् ?

युवा सम्मेलनमा २०० भन्दा बढी युवाको सहभागिता रहने छ । विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका युवाको सहभागिता रहने उपाध्यक्ष चौलागाईले बताए ।

उनका अनुसार जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइने छ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइने उनले बताए । सरोकारवाला निकायको सिफारिसमा पनि केही युवालाई सहभागी गराइने उनको भनाइ छ ।

के के हुन्छ कार्यक्रम ?

सम्मेलनमा विभिन्न कार्यशाला र प्रस्तुति रहने छ भने युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौलागाईले बताए ।

सम्मेलनका विशेष गरी ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया गरिने छ । विशेष गरी शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा सम्मेलन अवधिभर विभिन्न चरणमा छलफल गरिने छ ।

उपाध्यक्ष चौलागाईका अनुसार व्यावहारिकता र प्रयोगात्मक शिक्षा प्रणालीको विकासका लागि बहस गर्ने तयारी गरिएको छ । ‘शिक्षा ः कहाँ छ समस्या रु’ भन्ने विषयमा डा. विश्वनाथ कोइराला र सामाजिक विकास मन्त्रालयका सचिव डा। भीष्मकुमार भुसालले बहस तथा अन्तरक्रिया गर्नेछन् भने सोही सेसनका लागि बाल शिक्षामा पीएचडी गरेकी मिनाक्षी दाहाललाई प्यानलिष्ट बनाउने गरी छलफल भएको उनले बताए ।

विद्यालय शिक्षा, पाठ्यक्रम, व्यावहारिकता र जीवनोपयोगिताको सवालमा शिक्षा र सोको समस्याका विषयमा छलफल गरिने उनले बताए । शिक्षित बेरोजगार उत्पादन भइरहेको अवस्थामा सोको समाधानमा राज्यले खेल्नु पर्ने भूमिका र पहलहरूका विषयमा छलफल गरिने उनको भनाइ छ ।

नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा पनि विशेष प्रस्तुति रहने छ । उनका अनुसार नवप्रवर्तन र उद्यमशीलता नीति र निरन्तरता विषयमा सरकारले गरिरहेका पहल, निजी क्षेत्रको प्रयास र युवाहरूको भूमिका तथा उपयोगमा छलफल गरिने छ ।

कार्यक्रमका विशेष प्रस्तुतिका रूपमा डिजिटल साक्षरताका विषयमा पनि छलफल हुने छ । डिजिटल साक्षरता प्रविधि अवसर र सम्भावना विषयमा रहेर अवसर, सदुपयोग र चुनौती लगायतमा छफल हुने चौलागाईले बताए ।

डिजिटल साक्षरताको अभावका कारण प्रविधिको दुरुपयोग बढ्दो क्रममा रहेको र त्यसले समाजमा नकारात्मक असर थपिएको उनले बताए । बढ्दो प्रविधिको प्रयोगले रचनातमक क्रियाकलाप तथा कामलाई कमजोर बनाइरहेकाले त्यसको सकारात्मक प्रयोगमा छलफल हुने उनको भनाइ छ ।

नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा पनि विशेष प्रस्तुति रहने छ । उनका अनुसार नवप्रवर्तन र उद्यमशीलता नीति र निरन्तरता विषयमा सरकारले गरिरहेका पहल, निजी क्षेत्रको प्रयास र युवाहरूको भूमिका तथा उपयोगमा छलफल गरिने छ ।

राज्यका नीति नियम र राजनीतिप्रतिको चरम निराशालाई सम्बोधन गर्ने गरी सम्मेलनमा छलफल गरिने चौलागाईले बताए । यस अन्तर्गत सङ्घीय सांसदहरूलाई हेटौँडा ल्याएर युवामाझ छलफल गराउने कार्यक्रम रहेको उनको भनाइ छ । युवाहरूको राजनीतिक चेत, सहभागिता, नीतिगत सुधारका विषयमा रहेका समस्या समाधान गर्न प्याकेजमा निराकरणको उपाय खोजिने र नेपालको सम्भावनालाई बहसमा उतार्ने तयारी रहेको उनले प्रस्ट पारे ।

सो बहसमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सचेतक सुशीला थिङ, माओवादी केन्द्रका सांसद माधव सापकोटा र रास्वपाका मनिष झाले भाग लिनेछन् ।

सम्मेलनको अन्तिम दिन बागमतीको राजधानी चिनाउने र बागमतीलाई पहिचान गराउने कार्यक्रम रहने छ भने युवासँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरी छलफलमा उठेका विषयहरू र राज्यको पहल बिचको दुरी तथा कमजोरीका बारेमा छलफल गरिने उपाध्यक्ष चौलागाईले बताए ।

सो पश्चात् हेटौँडा घोषणा पत्र जारी गरी सम्मेलनको समापन गरिने उनले बताए । गत वर्षदेखि आयोजना गरिएको युवा सम्मेलनले युवाहरूको समस्या र समाधानका विषयमा छलफल गरी राज्यलाई घोषणापत्र मार्फत सुझाव दिने गरेको उनको भनाइ छ ।

गत वर्षको सम्मेलनले तयार गरेको ११ बुँदे घोषणा पत्र मध्ये ७ वटा विषय प्रदेश सरकारले कार्यान्वयन गरेको चौलागाईले बताए ।

‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने

युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागाईले बताए ।

कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने र बाँकी रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।

१० वटा क्षेत्रमा १०० पेसाका सीप सिकाइ, सीप परीक्षण पश्चात् टेवा पुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार गरिएको उनले बताए । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिई सीप परीक्षण सहितको व्यवस्था गरिएको उनले बताए ।

तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरूको समन्वयमा सञ्चालन गरिने र तालिम पश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने उपाध्यक्ष चौलागाईले बताए । विगतका तुलनामा केही फरक शैलीका तालिम प्रदान गरिने उनको भनाइ छ ।

परिषद्मा १० हजार बढी युवाबाट तालिमका लागि प्रस्ताव आएको र सोमध्ये अधिकांशले ट्रेन्डिङ कै तालिम ९सिलाई, बुनाइ, ब्युटीपार्लर० लगायतको माग गरेको उनले बताए । सीप परीक्षण नहुने र पाठ्यक्रम नभएकाले फरक र आवश्यकता अनुसारको तालिम सञ्चालन गर्न कठिन भएको उनले बताए ।

यद्यपि आइटी क्षेत्रका केही विषयमा तालिम सञ्चालन गर्ने तयारीमा रहेको उनको भनाइ छ । विशेष गरी ग्राफिक्स डिजाइन, फोटोसप, इम्ब्रोइडरी लगायतका नयाँ विधामा तालिम सञ्चालनको तयारी भइरहेको उनले प्रस्ट पारे ।

कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने र बाँकी रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।


Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाए, राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । ताहरु सभा स्थल छाडेर हिँडेपछि प्रदर्शनकारी केहीबेर अन्योलमा परेका थिए । केहीबेरपछि उनीहरु आफैं मञ्चमा पुगेर नेताहरुलाई कार्यक्रमस्थलमा आउन आह्वान गरेका थिए ।त्यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।

slider

प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि अश्रुग्याँस र लाठी प्रहार

काठमाडौं । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।

slider

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक, विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय वनस्थलीमा दिउसो २ बजेबाट बैठक सुरु हुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठकमा विभिन्न नियमावली र कार्यविधिहरुमाथि छलफल हुने बताइएको छ । प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ कार्यविधि प्रतिस्थापन, रास्वपाले बनाएको र्यापिडप एक्सन टिम र्याट नियमावली २०८१ , सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ माथि छलफलको तयारी छ । समसामयिक पार्टी गतिविधि, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारीका बारेमा पनि बैठकमा छलफल हुने बुर्लाकोटीले जानकारी दिए । रास्वपा यतिबेला विभिन्न कार्यक्रम गर्दे संगठन निर्माण र मिसन ८४ को तयारीमा छ, उता हर्क र कुलमानले समेत पार्टी निर्माण गर्ने चर्चा छ, यसो त नयाँ सबै एकै ठाउँ आउने वातावरण भए, बालेन ले पनि पार्टी खोल्नेछन, उनको तयारी निकै फरक र आश्चर्यजनक लाग्ने छ, उनले छोटो समयमै पार्टी घोषणा गर्ने र स्थानिय तहका धेरै क्षेत्रमा जीत हाशिल गर्ने लक्ष्य राखेका छन । नयाँ पार्टी भर्सेज पुरानाहरु बिचको मुख्य लँडाई को हतियार र तौरतरिका नबुझे अबको ८४ को चुनाबि नतिजा पनि सोचेभन्दा फरक आउने निश्चत छ । देश बनाउने र जनताले चाहेको राज्य व्यवस्था स्थापना गर्ने खाका चाहिं न नयाँ सँग देखिन्छ न पुरानो सँग, तर पुराना भन्दा जनताले नयाँलाई रुचाईरहेका छन ।

slider

अन्दाजी ३० ३५ वर्षका पुरुष मृत फेला

राजधानी मै घटेको यो घटनाले सुरक्षा संयन्त्रलाई चनाखो बन्न झक्झक्याएको छ

slider

तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जित्यो

रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ । बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् । महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

slider

बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

ज्ञानेन्द्र शाहले भने, बरु प्रचण्डले खाएका छैनन्, बिरेन्द्रको पाउ परेर सांसद र गृहमन्त्री बनेको हैन ओलि जि?

गोरखापत्र