काठमाडौं । नेपाल चान हुन अन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। मे २४(२६ , २०२४ मा काठमाण्डौ दशरथ रंगशालामा प्रतियोगिता आयोजना गरिने सुचना विभागले जानकारी दिएको छ। उक्त कार्यक्रममा सहभागी जनाउन १६ एशियाली मुलुकका खेलाडी आउने भएका छन र बाँकी थप देशहरु पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ।
नेपाल सिएच आईटीएफका केन्द्रिय अध्यक्ष कुल बहादुर बुढा मगर कुशलका अनुसार नेपाली खेलकुद जगतको धरातललाई र नेपाल देशको पहिचान विश्व सामु चिनाउने हेतुले कार्यक्रम आयोजना गरिएको बताएका छन। उनका अनुसार यश खेलले पर्यटन प्रबर्द्धन र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्दछन।
प्रतियोगितालाई सान्दार सम्पन्न गर्न विभिन्न बिभागहरु समेत गठन गरि तिब्र तयारी भइ रहेको आयोजक समितिले जानकारी दिएको छ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.