• ६ मंसिर २०८१, बिहिबार
  • Thu, 21 Nov 2024
गोरखापत्र

तत्कालीन पालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा

लेखक: बि.एम.एन. न्यूज
blog

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । आयोगका अनुसार मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही रहेका छन् ।

 अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष धामी एमालेबाट निर्वाचित भएका थिए तर हाल उनी नकपा एकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष रहेका छन् ।

त्यस्तै, मुद्दा दर्ता गरिएका कर्मचारीहरूमा गाउँपालिकाका इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया रहेका छन् ।

गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले मुद्दा दायर गरिएका नौ जनालाई जनही १९ लाख ५० हजार रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको जानकारी दिए ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७५।०७६ को पशु वधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ निर्माण कार्यमा फिल्डमा नभएको कामलाई भएको भनी भुक्तानी दिइएको आरोप पत्रमा उल्लेख छ ।

नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी दिएको आरोप उनीमाथि छ । आयोगले प्रमुख बुढाविरुद्ध २० लाख ७० हजार ४४९ रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, छाँयानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरिदेव पण्डित र सब–इन्जिनियर विष्णुभक्त हितानलाई विरुद्ध १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै, ऋणीमोक्ष सहकारीका सञ्चालक सुरबहादुर बुढा विरुद्ध ३ लाख ९९ हजार ८२१ रुपैयाँ बिगो कायम गरिएको छ । कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्लविरुद्ध आयोगले १२ लाख २३ हजार ७ सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यसैगरी रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावतविरुद्ध पनि मुद्दा दायर गरिएको छ । मासु पसल भवन निर्माण कार्यमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी काम भएको भन्दै भुक्तानी लिएको आयोगको दाबी छ ।

साथै नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी सरकारी सेवामा आबद्ध रहेको आरोपमा मधेस प्रदेशको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, महोत्तरी ९जलेश्वर०मा आठौँ तहमा कार्यरत चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जलेश्वरमा आठौँ तहको होमियोप्याथी चिकित्सकतर्फ करारमा कार्यरत साहले सेवा प्रवेश गर्दा पेश गरेका योग्यताका प्रमाणपत्रमध्ये बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण शैक्षिक प्रमाणपत्र झूटा देखिएपछि प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको बताए ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप

slider

चीनको चमत्कार रोकिएको छैन

चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। किर्तम सुर्य, समुन्द्र माथी एयरपोर्ट, लामै छ चीनको चामत्कारिक विकासको सूची।चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण भएको दृष्य भाईरल भईरहेको छ , पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ ।जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन चिन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११।४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी चिनले नै ओगट्छ।यो रचक तथ्य हामीले प्रस्तुत गर्यों, जुन देश प्रविधि र सुचनामा अगाडी छ, त्यो देशका नागरिक देशहित काम गर्छन र सचेत हुँदारहेछन भन्ने तथ्य पनि हो यो ।

slider

कुमार रम्तेललाई पोखरा पठाइयो

काठमाडौ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ ।शनिबार काठमाडौ ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो ।स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान लीएको हो ।रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुसार आज छविलाई ल्याएर बयान गराउने र छवीको बयान सकिएपछि मात्रै रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

slider

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।सीआईबी प्रमुख दीपक थापाका अनुुसार पक्राउ गरेर व्युरोतर्फ लगेपस्चात थप अनुसन्धान गर्ने सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं उनले अनलाइनखबरसँग भने ।उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

पाकिस्तानमा वायु प्रदूषणको गम्भीर असर

काठमाडौ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स ९एक्यूआई० २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ ।त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ ।छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।

slider

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

slider

आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।

गोरखापत्र