काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा आफू नजाने बताएका छन्।
कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा आफू नजाने महामन्त्री शर्माले बताएका हुन्।
उनले आफू सरकारमा जान नहुने कारण समेत खुलाएका छन्। दुई ठूला दल मिल्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता रहरेका कारण त्यसो हुन नदिन आफू सरकारमा नजाने उनले बताएका हुन्। ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ। प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि म सरकारमा जान हुन्न’ उनले भने।
शर्मा बिहीबार आफ्नो निर्वाचन क्षेत्र झापा १ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा पुगेका थिए। सोही क्रममा उनले यस्तो बताएका हुन्।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.