बिर्तामोडको गिरीबन्धु टि स्टेट नजिकै प्रेसर कुकर बम बिस्फोट, उक्त बिस्फोट कसले किन र के उद्देश्यले गरयो भन्ने बारे प्रहरीले नखुलाएको
बिर्तामोडको स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शमशेर एण्ड गंगादेवी टि स्टेटको कम्पाउन्डको पर्खालबाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ।
छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टिस्टेटको कम्पाउन्ड पर्खाल बाहिर माओवादी पूवी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ।
स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए। आज विहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ।
प्रहरीका अनुसार सो स्थानमा विस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ।
उक्त बिस्फोट कसले किन र के उद्देश्यले राखिएको हो भन्ने बारे प्रहरीले खुलाएको छैन, तर पर्चामा हेर्दा नेकपा माओवादी नामको शसस्त्र समूहले कब्जा गरेको भन्ने खुल्न आउँछ । उनिहरुले उक्त जग्गा सार्वजनिक भएको र केपी शर्मा ओलीले निजिकरण गर्न खोजेको आरोप लगाएका छन् । सो जग्गा तुरुन्तै फिर्ता गर्न समेत चेतवानी दिएका छन् ।