असिनाले ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट, पीडित किसानहरु क्षतिपूर्ति र राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्दै
काठमाडौ। गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले क्षतिको विवरण सार्वजनिक गरेपछि सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको छ ।
बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पु¥याएको छ ।गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ भने अधिकांश ठाँउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ अब यसलाई बिडमवना भनम कि बादयता किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् पीडित किसानहरु क्षतिपूर्ति र राहतका लागि सम्बन्धित निकायमा अनुरोध गरीरहेका छन् ।
असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ , नकाटेको धानका बोट ढलेको छ त्यसैगरी दाना सबै झरेर पराल मात्र बाँकी रहेको भनि स्थानीय किसान शन्तबहादुर नेपालीले बताए ।भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि किसानहरु चिन्तित भएको भनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बतउनुभयो । ‘धानको एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ’, उनले भने, ‘एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ।
यति धेरै समस्या का बाबजुत पनि किसानहरुले आफनो कामलाई निरन्तर गरीरहदा साचैनै तारीफयोग्य छ । यद्दापि किसानहरुले जस्तोसुकै कठिन परिस्तितिमा पनि कामलाई निरन्त्रता दिरहदा पनि हाम्रो देशको सम्बन्दित निकाय हरुले केहि गर्नसकेका छैनन । कसानहरुले अब वर्षभरि के खाने हो ?’३५५ रोपनीमा लगाएको धान र कोदो पानीले नष्ट पार्यो भन्दै गर्दासम्बन्दित निकायवालाहरुले हेर्नु भएकैहोला यदि हेर्दै हुनुहुन्छ भने किुसानले माग गर्नु भएको क्षतिपूर्ति र राहतकालागि तुरुन्तै पहल गरीदिनुहुन भनि अनुरोद गदर्छु ।