काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लगिएको हो । लामिछानेको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगी हिनामिना गरेको अभियोगमा कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक २) गते १४ गतेबाट लागू हुने गरी १) दिन म्याद थप गरिएको थियो ।
लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते ६ दिन, दोस्रो पटक ७ दिन म्याद थप भएको थियो भने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, कर्मचारी गीता र नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगिएको छ । उनीहरुविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्र् शुद्धीकरण अभियोगमा अनुसन्धान जारी छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.