
गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द
चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको हो ।
दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते
चितवन । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, के आउला फैसला
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा यो मुद्दाको सुनुवाइ भइरहेको छ ।
सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो
काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ ।
जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्राचार
काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।
कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा विश्वप्रसिद्ध कान्स फिल् फेस्टिभलमा सहभागी हुने भएका छन ।
बालमन्दिर जग्गा घोटालामा अध्यक्ष सहित २० जना बिरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा विवादबारे अनुसन्धान गर्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पक्राउ गर्न अनुमति दिएको हो ।
कतार एयरवेजको जहाजमा देखियो धुवाँ
काठमाडौँ । काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ ।
२४ घण्टामा विभिन्न सात स्थानमा आगलागी, करोडौँको क्षति
काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा करोडौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
ललितपुरको बाफलमा आगलागी, ५ जना घाइते
ललितपुर । ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
