राष्ट्रपति चुरे कार्यक्रमका एक अधिकृत घूस लिँदालिँदै पक्राउ
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।
नयाँ वर्षलाई उपलब्धि र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने प्रधानमन्त्री दाहाल द्वारा विश्वास व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् ।
स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सुझाब सहित राष्ट्रपति पौडेलले दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । आज वर्ष २०८१ को पहिलो दिन । नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइरहेका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
आजदेखि २०८१ साल सुरु, देश तथा विदेशमा नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
नेवाः राष्ट्रिय परिषदले चैत्र २४ गते राष्ट्रिय मुक्ति क्रान्ती बृहत जन प्रदर्शन गर्ने
काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले यहि चैत्र २४ गते राष्ट्रिय मुक्ति क्रान्ती बृहत जन प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीना
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् ।
रेशम चौधरीले कार्यकर्तालाई दिए पार्टी कार्यालयमा ढोका थुनेर हत्या गर्ने धम्की
नागरिक उन्मुक्ति पार्र्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मा माथि अनामगनरमा रहेको पार्र्टीको केन्द्रीय कार्यालय भित्रै आक्रमण
विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप
काठमाडौं । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कुलेखानी-दक्षिणकाली सडक बन्द
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आइतबारदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो ।
हर्क साम्पाङ र गृह मन्त्री रवि लामिछाने बिच भेट
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् । पछिल्लो समय साम्पाङले रास्वपाको निरन्तर आलोचना गर्दै आएका छन् ।