रुसी राष्ट्रपति पुटिनले गरे पत्र मार्फत भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो समवेदना प्रकट
काठमाडौ । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रस्थान, एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा
पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।
भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता
काठमाडौँ । सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रिय सभाकाअध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पीडितलाई दिने घोषणा
काठमाडौँ । राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन : मौसमविद
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए ।
भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्रीले भने : भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् । शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे ।
लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रमा लागि डेढ करोड रुपैयाँ सहयोग
बुटवल । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई तत्काल बिदामा नबस्न निर्देशन
काठमाडौं । भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् ।
भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते
काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए