इजरायली सेनाले आक्रमणको चेतावनी दिएपछि भागाभाग
गाजापटी । इजरायल र हमासबीचको युद्धका कारण इजरायलको सेनाले दुई हजारभन्दा बढी बिरामी, चिकित्सक र विस्थापित व्यक्ति रहेको अस्पताल खाली गर्न आदेश दिएपछि शनिबार सयौं मानिस पैदलै भागेका गाजाको मुख्य अस्पतालका निर्देशकले बताएका छन् ।
चिसोले जाजरकोटमा थप ३ जनाको मृत्यु
जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
जनकपुरधामका छठ घाट छट पर्वको लागी बेहुलीझैँ सिँगारिए
जनकपुरधाम । जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।
रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै सीके राउत आक्रोशित
जनकपुरधाम । काठमाडौंको रानी पोखरीमा छठ पर्व मनाउन रोक लगाएकोमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आक्रोश पोखेका छन् ।
अत्यधिक चिसोले जाजरकोटका दुई भूकम्प प्रभावितको मृत्यु
सुर्खेत । अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।
छठको तयारी सुरु : सिंगारिन थाले जलाशय
काठमाडौं । तिहार सकिएसँगै छट पर्वको तयारी सुरु भएको छ । विशेष गरी तराई मधेशमा मनाईने छट पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ ।
अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितलाई ८ करोड रुपैयाँ बराबरको सहयोग गर्ने
काठमाडौं । अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अमेरिकी डलर (७ करोड ९८ लाख ८५ हजार २०० रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।
दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको प्रारम्भिक सुनुवाइ सोमबार हुने
काठमाडौं - टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। शुक्रबार परेका ७ रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले सोमबारका लागि पहिलो पेशी तोकेको हो।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा दायर
काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ । टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।