संसद भवनपश्चिम गेटमा शान्ति समाजको भद्र अवज्ञा, २७ जनापक्राउ
काठमाडौं - मानवअधिकार तथाशान्ति समाजले संसद भवन अगाडि विरोध प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने लगायतका माग राख्दै प्रर्दशनमा उत्रिएका २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हराईरहेका विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु : राष्ट्रसंघका महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताको कामना गरेका छन् ।
सम्पत्ति शुद्धीकरण र टीआरसी विधेयक पास गरेर संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
काठमाडौं । संसदमा विचाराधीन विधेयक र संसदको चालु अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अनौपचारिक संवाद गरेका छन् ।
नेपाली कांग्रेसको शुभकामना र चियापान शनिबार
काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टीआरसी विधेयकमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो ।
मुगुमा एकै परिवारका ४ जनाको हत्या
काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।
भारतीय दूतावासले नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री दिएको बारे पारस खड्कालाई प्रश्न
काठमाडौं । भारतीय दूतावासले हिजो नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री वितरण गरिएको भन्दै आफ्नो फेसबुक पेजमा तस्बिरहरु राखेको छ । दूतावासभित्र हिजो विशेष कार्यक्रम नै राखेर ब्याट वितरण गरिएको थियो ।
तिहारपछि सरकार ढाल्न अघि बढ्छौं : धवलशमशेर राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्रो जनआन्दोलन हुने घोषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविरोधीको साथ लिने उनको दाबी छ ।
यूएई चार विकेटले विजयी,नेपालको अपत्यारिलो हार
काठमाडौँ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा चुकेको छ । शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई चार विकेट हरायो ।
अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय आयोजक कमिटी
काठमाडौँ । अखिल (क्रान्तिकारी) को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ ।