लुम्बिनीको राजधानी क्षेत्रको जग्गा ३ वर्षपछि फुकुवा, टुक्राएर बेच्न भने नपाउने
घोराही । लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका ८ र ९ नम्बर वडामा गरिएको जग्गा रोक्का फुकुवा गर्ने निर्णय गरेको हो ।
दशैंको सुरक्षा व्यवस्थाका लागि पचास हजार प्रहरी तैनाथ
काठमाडौं । नवरात्रको छैटौंदिनसम्म आईपुग्दादशैंमा आफ्नो गाउँघर फर्किने मानिसहरुको ठूलो संख्या उपत्यकाबाट धमाधम बाहिरिईरहेका छन् । शहरका सबैनाकाबाट विभिन्न जिल्ला सदरमुकाम जाने सवारी साधन भरिभराउ देखिन्छन्। फूलपातीको अघिल्लो दिनसम्ममा राजधानी शहर विस्तारै सुनसान हुँदैगएको देखिन्छ।अध्ययन, रोजगारी र अन्य कामले उपत्यकामा बसोबास गर्दै आएका मानिसहरु नेपालीहरु मुख्य पर्व दशैँमा आफ्नो जन्मस्थल फर्किने परम्परा रहेको छ। काठमाडौं छाड्ने मानिसहरुको चाप बढेकाले दैनिक झण्डै दुई सय ५० देखि तीन सय सवारी साधन सञ्चालन भईरहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।यात्रुको सहजताको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीसम्म हरेक क्षेत्रमा सुरक्षाको लागि खटिरहेको महासङ्घका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले बताए। सिटौलाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले, दशैं मनाउन घर फर्किन चाहने सबैका लागि टिकटको व्यवस्था गरेकोबताए। यसवर्षको चाडपर्वमा टिकट र सवारी साधनको अभावमा कोही पनि यात्रु अलपत्र पर्न नपर्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ। चाडपर्व विशेष समयमा नै टिकट सकिएपछि यात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्यसम्म पुग्न निकै सकस बेहोर्नुपरेकोगुनासो आईरहेका बेला उनले यो वर्ष त्यो समस्या नहुने दावी गरे। उनले भने,‘हामी व्यवस्थापन गर्दैछौँ। यात्रुहरू पठाउँदै छौं। टिकट पाइँदैन भन्ने कुरामा अगाडिको सिटको चाहिँ पाउँदैन। अगाडि नै टिकट बुक गरिसकेका हुन्छन्। सडकको क्लियर कुरा नभएको कारणले क्युमा भएका रुटमा भएका सबै गाडीको अग्रिम बुकिङ खुल्ला गरिएको छ’ उनले भने।अहिलेसम्म ७० प्रतिशत भन्दाबढी टिकट सकिएको उनले बताए। तर टिकट अभाव हुन नदिने उनको भनाई छ। उनले भने,‘करिव ७० प्रतिशत भन्दा अग्रिम टिकट काटिसकेको छ। अन्य गाडीहरू दैनिक रुपमा आउँछन्। सडकबाट गाडी यहाँ नआइपुगुन्जेल रिक्स लिएर टिकट काट्न समस्या छ। गत वर्षमा पनि टिकट पाउँदैन भन्ने गुनासोहरू आउँथ्यो। तर हामी सबै यात्रुहरूलाई मेची महाकाली पु¥याएका छौं। बाटो सडकको कारणले पनि गाडी आवतजावतमा समय लाग्ने गरेको छ।’उनले अझ कतिपय स्थानमा सवारी चाप बढी भएको कारणले समयमा नै कुनै ठाउँमा पुग्ने अवस्था देखिँदैन। काठमाडौंको थानकोटको सडक विग्रेका कारण कलंकीबाट नागढुंगासम्म पुग्नकै लागि धेरै समय लाग्ने तथा ट्राफिक व्यवस्थापनमा पनि समस्या आउने गरेको बताएका छन्। त्यस्तै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, चाडपर्वको समयमा चोरी, डकैती लगायतका विभिन्न आपराधीक घटनाहरु हुने गरेको र पछिल्लो समय त्यस्ता घटनामा डिजिटल प्रविधिमार्फत जानअन्जानमा हुने सूचना सार्वजनिक गर्नु मुख्य भूमिका रहेका बताएका छन् । उनले भने, ‘पछिल्लो समय जसरी हामीले डिजिटल प्लेटफर्मको प्रयोग गरिरहेका छौं त्यो हामीलाई बढी चुनौति हो। लापर्वाही पनि होला वा जानेर या अनजानमा हामी आफ्नो बारेमा सबै सूचना अरुलाई दिन्छौँ। जस्तो कि फेसबुकमा लाइभ गरेर म दुई हप्ताको लागि शहर छोड्दै छु भनेर जानकारी दिन्छौं। यो केही समय अगाडिको घटना नै पनि हो त्यसपछि घरमा चोरी भएको घटनाहरु छन्, यस्ता किसिमका चुनौतिहरु हुन्छ।’ठूलापर्व दशैं, तिहार, छठ लगायतका पर्व नजिकिँदै जादा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको कडायतले जानकारी दिए। देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना २०८० नै ल्याएर त्यसलाई कार्यान्वयन गरिरहेको उनले बताए। उक्त सुरक्षा योजना अन्र्तगत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षीत बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका कार्यहरु गर्ने बताए । चाडबाडमा आम नागरिकको सुरक्षाका लागि ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए । उनले भने,‘हामीले विशेषगरी दशैँ,दिपावली, नेपालसंवत रछटसम्मको लागि भनेर ‘सुरक्षा योजना २०८०’ भनेर कार्यान्वयनमा ल्याईसकेका छौं। आम नागरिकको सुरक्षा गर्दै पर्वको समयमा हुने आवतजावतलाई सुरक्षित बनाउने,बैंक तथा वित्तिय संस्थाका कारोवारलाई सुरक्षित गराउने,चोरी तस्करी,दुर्घटना,कृतिम अभाव र कालोबजारी जस्ता कुराहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरालाई ख्याल राखेर सुरक्षा योजना बनाएका हौं। त्यसका लागि नेपाल प्रहरीले ५० हजार ५सय ३० जना प्रहरी कर्मचारीहरु फिल्डमा खटिएर योजना कार्यन्वयन गर्छन।’ उनले पर्वको समयमा उपत्यकाको सुरक्षा व्यवस्थापनमा प्रहरी विशेष रुपले सजग रहेको बताए । कडायतका अनुसार प्रहरीले दशैँमा हुने उपत्यकाको ट्राफिक जामलाई व्यवस्थित गर्न तथा बाहिर जाने बसहरुमा हुने दुर्घटना न्यूनिकरण कागि विविध जनचेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ। कडायतले टाढा जाने सवारी चालकले ट्राफिक नियम पालना नगर्दा विगतमा ठूला दुद्र्धटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न चालकले लापसे र मापसे सेवन गरे नगरेको, क्षमता भन्दा बढी यात्रु राखे नराखेको जस्ता कुरा निगरानी गर्न नागरिक जागरुकता आवश्यक भएकोले सो पक्षमा जनचेतनामूलक कार्यक्रम र नागरिक सहायता कक्ष सञ्चालन गरीरहेको छ। उपत्यकाका बसपार्क लगायतका भिडभाड बढी हुने क्षेत्रको सुरक्षाका लागि समेत प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत नै नवीनतम प्रविधिको निगरानीमा सुरक्षा व्यवस्था चुस्त पारेको कडायतले बताए ।
एनआरएनए अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका क्रममाभएको अनलाइन भोटिङ सिस्टम मार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन् ।
‘फाँसी’ को चेतावनी दिने एनआरएन प्रतिनिधिले कुल आचार्यसँग माफी मागे
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको भाषणले एनआरएन महाधिवेशनको माहोल तात्तिएको छ । एनआरएन प्रतिनिधिहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् ।
हङकङमाथि नेपालको ६ विकेटको जित
काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
एनआरएन सम्मेलनमा गएर झाँक्रीले एनआरएन लाई नै थर्काईन
काठमाडौं । काठमाडौंमा जारी एनआरएन महाधिवेशनमा गरेको आक्रामक भाषणले पूर्वमन्त्री रामकुमारी झाँक्री भाइरल भएकी छन् । एनआरएन सम्मेलनमा अतिथि बनेर पुगेकी उनी एनआरएनलाई नै गाली गरेर चर्चामा आएकी हुन् ।
कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसले पनि विश्वासको मत दिने निर्णय
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।
इजरायलबाट १८ नेपाली नयाँदिल्ली आइपुगे, घरसम्म पुग्न गाडीको व्यवस्था
काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो ।
प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, अध्यन सकेर आजै काठमाडौँ फर्कने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्।
त्रिदेशीय टि-२० सिरिज आजदेखि, युएईसँग खेल्दै नेपाल
काठमाडौँ । नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्। खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ।