कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।
कोशी प्रदेश अपडेट : नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, कांग्रेसका केही सांसद नआउने
विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको थियो ।
कञ्चनपुरको बेलौरी नगरपालीकाले सुरु गर्यो लागुऔषधविरूद्व महाअभियान
धनगढी । भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ ।
कोशीमा मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु, ८ बजेबाट सांसदहरुको सनाखत हुँदै
विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका ४७ प्रदेशसभा सशरीर उपस्थिति हुँदा पनि कार्कीलाई मुख्यमन्त्री नियुक्त नगरेका प्रदेश प्रमुखले दुवै पक्षका सांसदको सनाखत गराउँदै छन् ।
हरि पोखरेलको उन्मुक्ति लिने दाऊ, उच्च अदालतमा पिडितका पक्षमा धर्ना र नारावाजी
काठमाडौं – जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु धर्नामा बसेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले पनरावेदनका लागि उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । आज उनको मुद्दा उच्च अदालतका न्यायाधीश राजेश खरेल र रमेशराज पोखरेलको ईजलाशमा परेको छ । २ नम्बरमा पालो रहेको यो मुद्दामा मिलेमतो हुनसक्ने आशंका बढेको भन्दै उनीहरु उच्च अदालत पाटनमा धर्नामा बसेका हुन् ।गत भदौ ८ गते जिल्ला अदालत काठमाडौंले पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने मिलापत्र गर्न दबाव दिनेहरुलाई जनही ३ लाख रुपैयाँ धरौटी माग भएको थियो । विगत एक वर्षदेखि उनको घरमा कामदारको रुपमा कार्यरत परिवर्तित नाम (२६) परिसर (४) माथि पोखरेलले पटक पटक बलात्कार प्रयास गरेका थिए ।गत असार ८ गते भने पीडित युवतीले भिडियो रेकर्ड गर्न सफल भएकी थिइन् । शक्तिशाली व्यक्तिका आफन्त समेत रहेका पोखरेल विरुद्ध जाहेरी लिन प्रहरीले समेत आनाकानी गर्दै आएको थियो । तर, पीडितले सामाजिक सञ्जालमा आफूले न्याय नपाएको बताएपछि अस्पतालमा उपचारको नाटक गर्न पुगेका पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।उनलाई विभिन्न प्रलोभन र धम्की दिने दुई जनालाई भने जिल्ला अदालत काठमाडौंले तीन तीन लाख धरौटी माग गरेको छ । यसरी धरौटी माग भएकाहरुमा रन्जित कुमार जैसवाल र रामजी भन्ने चेतन न्यौपाने रहेका छन् । त्यस्तै अधिवक्ता भोजराज रेग्मी र काभ्रे घर भएका गुण्डा नाइके एमान तामाङ फरार सुचीमा थिए । तामाङ्गले धरौटी बुझाएको खबर छ ।
नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।
एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
कोशीमा टुटेको गठबन्धन, केन्द्रमा ल्यायो तरंग
यो अप्राकृतिक गठजोड नै हो, कालन्तरमा कम्युनिष्ट एकठाउँ र प्रजातान्त्रिक गठबन्धन अर्को ठाउँ हुने निश्चित छ
इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान राति सवा ९ बजे आइपुग्ने
काठमाडौं । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्र भ्रमणमा, नेपाललाई छैन जानकारी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।