मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री
पोखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताएका हुन । “वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”
संघ र प्रदेश सरकारका प्रमुख उपप्रमुखहरु सौराहामा, के प्रदेश सरकार अब बेकामी भएको हो ?
चितवन । सौराहामा केन्द्रीय सरकार र प्रदेश सरकारका प्रमुख उपप्रमुख एवं सचिवालयहरु बिच २ दिने अनुभव आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कार्यक्रम उद्दघाटन सत्रमा शुभकामना मन्तव्यकै क्रममा राखेका विषयहरुलाई हेर्दा अझैपनि यि दुबै सरकार बिच कतैपनि तालमेल नभएको दखिन्छ । कतिपय विद्येयक र कानुन बनेपनि कार्यन्वयन नभएका र बन्न पनि बाँकी रहेको कुरा प्रतिनीधि सभाका प्रमुख उपप्रमुख र राष्ट्रिय सभाका प्रमुखबाट प्रष्ट बुझिन्छ । अन्तरक्रियामा कर्णालीका प्रमुख बिरामी भएर आउन नसकेको जानकारी सँगै अन्तरक्रियामा आउन नसक्ने खबर पठाएको कुरा समेत अध्यक्ष घिमिरेले खुलाउनु भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संघिय संसदले बिजनेस दिन नसकेको कुरा शुभकामनाकै बक्तव्यमा बोल्नुभयो । हिउँदको मौसममा हिउँदे अधिवेशन हुँदै गर्दा विद्येयक अधिवेशन सरकारले ढिलो सुरु गरेको कुरा उल्लेख गर्नुभयो । विद्ययेक माथी व्यापक छलफल गर्नुपर्ने समयमा सांसदहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप पनि अध्यक्ष तिमिल्सीनाले लगाउनुभयो । संघिय संसदले समयमै विद्ययेक नबाएपछि मुलुकमा शुसासन कायम हुन नसकेको उहाँको भनाई थियो । उहाँले सरकारले निर्दिष्ट गरेका काममा ईच्छाशक्ति कम देखाएको र बिकास निर्माणलाई प्राथमिकता दिने नसकेको कुरा समेत राख्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल यहि फाल्ष्गुण २० गतेदेखि सकिंददैछ । यसैबिच प्रतिनीधि सभाका सभामुख देवराज घिमिरेले संघिय संसद र प्रदेश सभा बिच समन्वय र सहकार्य गर्न यस्ता अन्तरक्रिया फदायी हुने बताउनु भयो । अन्तरक्रियामा संघ र प्रदेशका विद्ययेकहरु बनाउन र कार्यन्वयन गर्न घनिभुत छलफल गर्नुपर्ने कुरामा उहाँको जोड थियो । कार्यक्रममा विभिन्न प्रदेशबाट आएका सभामुखहरुले आआफ्ना बिचार व्यक्त गरेका थिए । कार्यक्रम संघीय संसद् सचिवालयको आयोजनामा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास समितिले गरेको थियो ।
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ ।
ढोरपाटन दुर्घटनाका तीन घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागी पोखरा पठाइयो
गलकोट । बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको छ । बु
मध्यरातमा किन ठड्याइयो पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक
पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ ।
कालिगण्डकीमा मोटरसाइकलसहित खसेका युवकको ३ दिनपछि शव भेटियो
पोखरा । मोटरसाइकलसहित कालिगण्डकीमा खसेका एक युवकको शव ३ दिनपछि भेटिएको छ ।
पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीविरुद्ध पोखरामा प्रदर्शन
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको अभिव्यक्तिविरुद्ध पोखरामा पनि प्रदर्शन गरिएको छ ।
छुवाछूत कसुरमा वडाध्यक्षलाई कैद
कास्की । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ ।
पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रस्थान, एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा
पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।
अन्नपूर्ण आधार शिविर पुगेर पोखरा फर्किए गुटेरेस
पोखरा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् ।