सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको भन्दै पौड्यालविरुद्ध उजुरी
काठमाडौँ — क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ । हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
छुवाछूत कसुरमा वडाध्यक्षलाई कैद
कास्की । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ ।
बल्खु झडपमा केही प्रदर्शनकारी घाइते
काठमाडौँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच बल्खुमा पुन : झडप
काठमाडौँ । राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
चिसोले जाजरकोटमा थप ३ जनाको मृत्यु
जाजरकोट । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
जनकपुरधामका छठ घाट छट पर्वको लागी बेहुलीझैँ सिँगारिए
जनकपुरधाम । जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।
घोराही उपमहानगरपालिकाका इन्जिनियरमाथि हातपात, निर्माण व्यवसायी पक्राउ
दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।
इजरायलमा मारिएका आनन्द साहको शव धनुषा घरमा ल्याइयो
जनकपुरधाम । गत ७ अक्टोबरमा प्यालेस्टाइनका चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव घर ल्याइएको छ ।
पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रस्थान, एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा
पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।