एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौँ महानगरले कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई तिरायो ५ हजार जरिवाना
कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौँ महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँ महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
मध्यरातमा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी
विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । धनकुटाको पख्रिबास नगरपालिका डाँडाखर्कमा राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो ।
कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो
विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
नेपाल एयरलायन्स कर्मचारीले गरे आन्दोलन सुरू, कार्यकारी अध्यक्षलाई कार्यालय प्रवेश निषेध
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई प्रवेश निषेध गरेका छन् ।
प्रतिपक्षसँगको सम्झौताले बागमती प्रदेश सरकार दबाबमा
मकवानपुर । बागमती प्रदेश सरकार गत असारमा बजेट कार्यक्रम पारित गर्दाको चरणमा प्रतिपक्ष दलहरूसँग गरेको सहमतिका कारण दबाबमा परेको छ ।
लालबन्दी जेसीज सप्ताहको तेस्रो दिन : जेसीज र नगरपालिका नगर कार्यपालिका विचको मैत्रीपूर्ण फुटबल सम्पन्न
सर्लाही । जेसीज सप्ताहको तेस्रो दिन जेसीज छैटौं कार्यक्रमका रुपमा लालबन्दी जेसीज र लालबन्दी नगरपालिका नगर कार्यपालिका विचको मैत्रीपूर्ण फुटबल कार्यक्रमका संयोजक जेसी शिवहरी गौतमको संयोजकत्वमा सम्पन्न भएको छ।
लालबन्दी जेसीज सप्ताहको आज दोस्रो दिन : किशोरी शिक्षा एवम सुरक्षा र प्रजनन स्वास्थ सम्बन्धी र साइवर अपराध न्यूनीकरण तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सर्लाही । लालबन्दी जेसीज वर्ष -२०२३ का अध्यक्ष मनोज बख्रेलको अध्यक्षता र कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता खरेल थपलियाको प्रमुख संयोजकत्वमा ७ वटा फरक फरक कार्यक्रम सहित चल्ने जेसीज सप्ताहको दोस्रो दिन आज दुई वटा कार्यक्रम तय भएको थियो ।
कोशी प्रदेश : तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाउँदै
विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरुले जिम्मेवारी पाउने भएका छन् । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।
लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको उद्घाटन सत्रमा प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण
सर्लाही । लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको उद्घाटन तथा पहिलो कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण गरेको छ ।