शनिबार सरकारी सवारी दुरुपयोग गर्ने ट्राफिकको नियन्त्रणमा
६ असार, बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा बिरामीको मृत्यु
२८ असार, दाङ । अक्सिजन सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन्।
रोल्पाका वडाध्यक्ष टंकबहादुर पुनको स्क्रब टाइफस संक्रमण कारण मृत्यु
२७ असार, दाङ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष टंकबहादुर पुनको स्क्रब टाइफस का कारण मृत्यु भएको छ। ४० वर्षीय वडाध्यक्ष पुनको उपचारका क्रममा बुधबार मध्याह्न साढे १२ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए। पुन असार २५ गते बिहान ११ बजे प्रतिष्ठानमा उपचारका लागि भर्ना हुन आएका थिए। सोही दिन बेलुका नै प्रतिष्ठानले पुनलाई घर पठाएको थियो। राति गाह्रो भएपछि पुन फेरि २६ गते बिहान ८ बजे प्रतिष्ठानमा भर्ना हुन आएका थिए।
१५ केजी चरेशसहित २ जना वीरगञ्जमा सशस्त्र प्रहरीको नियन्त्रणमा
२७ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेस सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
कोशी सरकारविरुद्धको रिटमा आजै आदेश आउने गरी सुनुवाइ सकियो
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै दायर रिटमाथिको सुनुवाइ सकिएको छ ।