३० वैशाख २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन निलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पेनीलाई शुक्रबार दिउँसो म्यानहटन फौजदारी अदालतमा उपस्थित गराइएको छ।
मे १ मा निलीको मृत्यु भएकै दिनमा न्युयोर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो।
मे ३ मा निलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ।
म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?