२५ कात्तिक २०८१, आइतबार
१ हप्ता पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।
विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर रहेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?