काठमाडौं — नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् ।अनुभव आदान –प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बताएको छ । भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरुको समेत सहभागी हुनेछ ।
देशमा वर्तमान परिस्थीतिको यो अबस्थामा सरकारमा रहेको दलका नेताहरुले चीन भ्रमण गर्नु निकै नै अर्थपूर्ण छ, राजनीतिक बिश्लेषकहरु बताउँछन् । तर भ्रमणले के कस्तो सन्देश ल्याउला त्यो भने हेर्न बाँकी छ ।
यसअघि नेकपा एमालेका नेताहरुको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.