३ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं - नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
मंगलबार प्रतितोला एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम छ।
यो साता लगातार स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार घटेको छ। बुधबार तोलामा पाँच रूपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?