३ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गर्ने साफ च्याम्पियनशिपको समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ ।
बुधवार सार्वजनिक भएको ‘ड्र’ अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् । समूह ‘ए’ मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
साफ च्याम्पियनशिप आउँदो असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।
फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेको छैन । यो संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्ने छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?