३ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका हरेक खेलाडीलाई जनही एक लाख रूपैयाँ दिने भएको छ।
एसियाकपमा छनौट भएको उपलक्ष्यमा बैंकले क्रिकेट टिमलाई प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउन लागेको हो। बैंकले अफिसियललाई समेत जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले क्यानसँग सहकार्य गर्दै अघि बढ्न बैंक प्रतिवद्ध रहेको बताए।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?