४ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले शिविरमा घोटाला भयो भन्नु गलत आरोप भएको दाबी गर्दै यदि कसैले छानबिनको माग गरेमा छानबिन गर्न तयार रहेको बताउनुभयो ।
उहाँले देशको परिवर्तनको लागि लडेका लडाकुको खानपानको लागि राज्यबाट गएको रकममा कुनै घोटाला नभएको दाबी गर्दै छानबिनमा दोषी देखिएमा आफू जेल जान तयार रहेको पनि बताउनुभयो ।
उहाँले लडाकु शिविरमा घोटाला भयो भन्नु राजनीतिक पूर्वाग्रह भएको पनि दाबी गर्नुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ४ जेठ २०८०, बिहिबार
नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने प्रचण्डको जिकिर
- बि.एम.एन. न्यूज
- ४ जेठ २०८०, बिहिबार
प्रधानमन्त्रीलाई प्रश्नः भ्रष्टाचारविरुद्धको काम कारवाहीमा सरकारी समन्वय अभाव किन ?
- बि.एम.एन. न्यूज
- ४ जेठ २०८०, बिहिबार