काठमाडौं- विशाल नेपाल महा–अभियानको तेश्रो बैठक शनिवार काठमाडौमा सम्पन्न भएको छ । अभियानका संयोजक डा. सुरेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न बैठकले अभियानको सचिवालय समितिको निर्माण गरेको छ ।
१३ सदस्य कार्य सम्पादन समिति निर्माण गरी आगामी दिनमा हुने कार्यक्रमहरुलाई ब्यवस्थित गर्ने समेत अभियानले निर्णय गरेको छ । कार्य सम्पादन समितिका सदस्यहरूमा संयोजक, सुरेन्द्र ढकाल, सदस्यहरु क्रमशः रामशरण पाण्डे, नवल खड्का, तजेन्द्र प्रसाई, डम्वर विक्रम कार्की, प्रदीप कुमार प्रसाईँ, कविता आचार्य, मनोज रावल, राम घिसिंग, महेस प्रेमी उदास, लक्ष्मण फुयाँल, राधा भण्डारी र शंकर मघैया रहेका छन्।
अभियानका नाराका रूपमा १९ बुँदे नारा तय गरी आन्दोलनको खाका तयार गरेको छ । भेलाले महाअभियानको चौँध बुँदे आचारसंहिता समेत सार्वजनिक गरेको छ ।
अभियानको आचार संहिताः
(१) विशाल नेपाल महा–अभियानका संयोजक तथा सदस्य (विनेमस) हरुले धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग, क्षेत्र वा समुदायको आधारमा घृणा वा द्वेष उत्पन्न हुने गरी कुनै क्रियाकलाप गर्न वा गराउन नहुने ।
(२) निजीजीवनलाई आघात पर्ने गरी आलोचना गर्न नहुने,तर अभियानको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको कामको बारेमा आलोचना गर्न बाधा पर्ने छैन ।
(३) कुनै साम्प्रदायिक भावना फैलाउने नहुने ।
(४) प्रचलित कानून बमोजिम कसूर मानिने कार्य गर्न वा गराउन वा त्यस्तो कार्य गर्न उक्साउन नहुने ।
(५) कुनै ब्यक्ति परियोजनाको साधन स्रोत र सम्पत्ति आफ्नोे पक्ष वा अर्काको विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने ।
(६) मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने ।
(७) महिलाको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी कार्य गर्न वा गराउन नहुने ।
(८) फरक किसिमले सक्षम ब्यक्ति ९अपाङ्गता भएको० को भावनामा आँच आउने किसिमले कार्य गर्न वा गराउन नहुने ।
(९) अभियानको आमसभा तथा जुलुसमा तथा विरोध कार्यक्रममा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने ।
१०) जुन सुकै राजनीतिक विचारधाराबाट प्रभावित भएतापनि अभियानका कार्यक्रमहरुमा राष्ट्रवाद, सुशासन, श्वच्छ पर्यावरण र जनजिविका, स्वावलम्वी अर्थतन्त्रको पक्षमा, राष्ट्रघात, भ्रष्टाचार, वातावरणीय प्रदुषण र आर्थिक असमानताको विपक्षमामात्र आफ्नो क्रियाकलाप र अभिब्यक्ति केन्द्रित गर्ने ।
(११) कुनै संघसंस्था वा ब्यक्तिहरुको आर्थिक प्रलोभनमा नफस्ने, आफनो आर्थिक जीवनमा पारदर्शि हुनु पर्ने ।
(१२) अभियानले उठाएका एजेण्डाहरुको पक्ष वा विपक्ष खुलारुपमा वादविवाद गर्न पाइने तर आमसहमति वा वहुमतको आधारमा निर्णय भएपछि त्यसको विरोध वा विपक्षमा सार्वजनिक अभिब्यक्ति दिन नपाइने ।
(१३) आफ्नो अभिब्यक्ति तथा आचरणलाई मर्यादित राख्नु पर्ने ।
(१४) अभियानका कार्यक्रमहरु सफलताकासाथ सम्पन्न गर्न आफनो तन मन र धनको सक्दो योगदान गर्ने ।
अभियानका स्थायी नाराहरुः
(१) धमिजा काण्ड देखि वाइड वडि, ललिता निवास लगायत नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता भ्रष्टाचारका सबै काण्डका दोषीहरुलाई कानूनी कारवाही
गर ।
(२) २०४७ साल पछि वनेका सवै राष्ट्रपति, प्रधानमंत्री मंत्रीहरुको सम्पत्ती जाँचवुझ गरी अवैध सम्पत्ती राष्ट्रियकरण गर ।
(३) नेपाल भारत खुला सीमामा काँडेतार लगा । अन्तराष्ट्रिय कानून विपरित भारतले सीमाक्षेत्र वनाएका भौतिक संरचना हटाउन पहल गर ।
(४) अतिक्रमित सबै स्थलहरुमा शसस्त्र प्रहरी तथा सेना तैनाथ गर
(५) भारतद्धारा कालापानी क्षेत्र लगायत ७१ भन्दा वढी स्थानमा भएको अतिक्रमणको कारण गुमेको भूमी फिर्ता गर ।
(६) सार्वजनिक यातायातको पूर्णरुपमा विद्युतिकरण गर ।
(७) नेपाललाई हिन्दु र वौध्द धर्मको विश्व धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश गर ।
(८) पर्यावरण विरोधी सबै किसिमका भौतिक निर्माण वन्द गर ।
(९) सामुदायिक विद्यालयको गुणस्तर वृध्दि गर, सरकारी तलव खाने सबैले आफना छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउनुपर्ने वाध्यकारी ब्यवस्था गर ।
(१०) सरकारी तलव खाने कसैले पनि कुनै पनि राजनीतिक दलको झण्डा वोक्न नपाउने र त्यस्ता राजनीतिक संगठनको भगिनी संगठन वन्न नपाउने कानून लागु गर ।
(११) देशमानै कृषिमलको उत्पादन शुरु गर ।
(१२) साना तथा घरेलु उद्योगको विकाशको लागि नाम मात्रको कम ब्याजदरमा ऋण प्रवाह गर ।
(१३) नेपालमा उत्पादनहुने सबै किसिमका कृषि, फलफुल र पशुजन्य आयात क्रमश वन्द गर्दै लग ।
(१४) सरकारी तलव खाने सबैले स्वदेशी कपडा लगाउनै पर्ने कानूनी ब्यवस्था गर । एक घर एक तानको अवधारणा लागु गर ।
(१५) देशको लागि विदेशी मुद्रा कमाउने सबैलाई वित्तिय प्रो्त्साहनको ब्यवस्था गर ।
(१६) शिक्षा स्वास्थ्य लगायतका सबै अत्यावस्यक सेवाहरु र खाद्य सुरक्षाको सुलभ प्रत्याभूति गर ।
(१७) जीवन निर्वाहको सिध्दान्त अनुरुप राष्ट्रपति देखि वडा सदस्य सम्मको तलव भत्ता र सुविधा ब्यापक कटौति गर ।
(१८) विश्वका ११६ राष्ट्रले मानेको नेपालको शान्ती क्षेत्रको प्रस्तावलाई संयुक्त राष्ट्रसंघबाट अनुमोदन गर ।
(१९) सामाजिक कुरितिको रुपमा रहेको छुवाछुत लगायत सबै सबै किसिमका सामाजिक विभेद अन्त्य गर । वालअधिकार र महिला अधिकारको प्रत्याभूति
गर ।
महाअभियानमा आवद्धहुने नयाँ सहभागिहरूः
(१) श्री राम घिसिंग (२) श्री सुमन लइटेल (३) श्री राधा भण्डारी (४) श्री दिल बहादुर कटुवाल (५) सि ए श्री इश्वरी प्रसाद भट्टराई (६) इ. श्री यज्ञराज अधिकारी (७) श्री विष्णुभक्त तण्डुकार (८) श्री मनोज रावल र (९) श्री महेश प्रेमी उदासलाई महाअभियानमा संलग्न गर्ने निर्णय गरेको छ ।
आगामी कार्यक्रमः
अभियानको पूर्ण बैठक पश्चात वसेको कार्य सम्पादन समितिकोे पहिलो बेठकले यहि जेठ महिनाको १४ गते आइतवार रत्नपार्क शान्ती वाटिकामा भ्रष्टाचार विरुध्दको विरोध र धर्ना कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाली राष्ट्रवादी चलचित्र “काँडेतार”को सार्वजनिक प्रदर्शनमा लगाएको रोक फुकुवा भएकोमा खुसियाली तथा बधाई आदान प्रदान गरिएको थियो ।