विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।
जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् । सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए ।
दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि बैठक स्थगित भएको थियो ।पहिचान पक्षधरले नाम संसोधन गर्न माग गर्दै आन्दोलन सुरु गरेपछि चैत २९ गते अधिवेशन अन्त्य भएको थियो ।
प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि पहिचान पक्षधरहरुले प्रदेशसभा सचिवालय केन्द्रीय आन्दोलन थाल्ने तयारी गरेका छन् । गत फागुन १७ गतेदेखि आन्दोलनमा उत्रिएको प्रदेश १ पून नामाङ्कन संघर्षसमितिल प्रदेशसभा केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको हो।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
प्रचण्ड क्याबिनेटले पायो पूर्णता
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार