काठमाडौं- जसपा नेतृत्वको मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा नेकपा एसबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस भवनमा शपथ गराएका हुन् । यसैबीच मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले भने मन्त्रीलाई फिर्ता बोलाएको छ ।
माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए । जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी थिए ।
मधेसको मन्त्रिपरिषद् विस्तार हुँदा जनमत पार्टी र लोसपा पनि असन्तुष्ट बनेको छ । जनमतका मन्त्रीले यसअघि सम्हाल्दै आएको मन्त्रालय नै मुख्यमन्त्रीले खोसिदिएर विना विभागीय बनाइदिएका छन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
प्रचण्ड क्याबिनेटले पायो पूर्णता
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार