१४ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । १६ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै राजधानीमा प्रदर्शन गरेको हो ।
लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित भएको प्रदर्शनका क्रममा प्रहरीले सिंहदरबार दक्षिण ढोका अगाडिबाट १७ जना सत्र जना प्रदशनकारीलाई नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा आन्दोलन गर्दा उनीहरु पक्राउ परेका हुन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?