१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछिन् ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार दिउँसो ३ बजे कंसाकारलाई शपथ गराउने तयारी छ ।
यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।
रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिएका थिए । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?