१६ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बसमा रहेका २० जना यात्रु घाइते भएका छन् ।
अमृतसरबाट कटराका लागि छुटेको बस जज्जर कोटलीमा पुलबाट चिप्लिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसमा बिहारका बासिन्दा थिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीरबाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो । कटरा त्रिकुटा पहाडमा रहेको प्रसिद्ध तीर्थस्थलमा जाने तीर्थयात्रीहरूको आधार शिविर मानिन्छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?