१६ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि आज पनि अन्तिम सुनुवाइ भएन।
जिल्ला अदालत काठमाडौंमा विचाराधीन उनको मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी परेको थियो। न्यायाधीश राईले पीडितका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गर्दै निवेदन दिए । न्यायाधीशले उक्त निवेदन पनि साथै राखेर सुनुवाए गर्नुपर्ने तर्क गरेपछि बहस नभएको हो।
अन्तिम सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि उमेर विवादका कारण प्रभावित हुँदै आएको छ ।
गत भदौ ५ मा लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै नाबालिकाले भदौ २१ मा जाहेरी दर्ता गरेकी थिइन् । यससम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा दायर गरिएकोमा विचाराधीन छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १६ जेठ २०८०, मङ्गलबार
सन्दीप लामिछानेको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन
- बि.एम.एन. न्यूज
- १६ जेठ २०८०, मङ्गलबार