१७ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
ती निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई एक वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
कालो सूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिमा सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन पाउने छैनन् ।
कलेज अफ इम्प्लोइमेन्ट प्रा।लि भरतपुर चितवनलाई ३ वर्ष र पप्पुरकोशी एन्ड न्यौपाने जे.भी, पप्पु कन्स्ट्रक्सन प्रा.लि, कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रा।लिलाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ ।
अरु विभिन्न निर्माण सेवा तथा कम्पनी एक वर्षदेखि डेढ वर्ष सम्मका लागि कालो सूचीमापरेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?