काठमाडौं- पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्दा दहन गरेको छ ।
जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहल बहादुर कटवालले बताउनुभयो ।
उहाँले पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आममाफी दिनु मुलुकको कानूनी राज्य प्रतिको उपहास भएको बताउनुभयो ।
उनीहरुले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत समेत बताए । पूर्वप्रहरी कर्मचारी संगठनको अगुवाईमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.