२३ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमवार साउदी अरेबियामा आउँदो दुई दिनभित्र कुटनीतिक नियोग फेरि खोल्ने बताउनुभएको छ ।
नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र जेद्दाहमा इस्लामिक सहयोग सङ्गठनका लागि महावाणिज्य दूतावास र प्रतिनिधि कार्यालय मङ्गलवार र बुधवार औपचारिक रूपमा फेरि खोल्ने उल्लेख गर्नुभएको छ ।
यो निर्णय द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्ने इरान–साउदी अरेबिया सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाको एक हिस्सा हो, मन्त्रालयको वेबसाइटमा उल्लेख छ । इरानले अनुभवी कुटनीतिज्ञ अलिरेजा इनायतीलाई साउदी अरेबियाका लागि आफ्नो राजदूत नियुक्त गरेको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले बताएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?