२३ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ- काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौ फर्काइएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि
काठमाडौंमा नै फर्काएर अवतरण गराइएको हो ।
विमानमा ७२ जना यात्रु सवा रहेका थिए । श्री एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पर पुगेपछि फर्काएर सुरक्षित अवतरण गराइएको विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
‘प्रसाइराइजेसन फेलियर’ का कारण विमान अवतरण गर्नु परेको उहाँको भनाइ छ । विमान बाहिरको वातावरणसँग विमानभित्रको वातावरण नमिल्नु नै ‘प्रेसराइजेसन फेलियर’ हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?