काठमाडौ- नेपाल टेलिकमले सञ्चारमाध्यममा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
टेलिकमले ग्राहकको गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ । प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरूले झैँ कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको उल्लेख गरिएको छ ।
कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न अत्यन्त संवेदनशील रहेको जनाईएको छ । साथै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नु सबै ग्राहकहरुमा अनुरोध समेत गरेको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.