२३ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ– अर्थमन्त्री डा. प्रकाशसरण महतले ईमान्दार भएर काम गर्न कठिन भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएका हुन् ।
आफूले इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्न उठेको उनले बताएका हुन् । इमान्दारिताबाट एक इन्च पनि पछि नहटेको उनको दाबी छ । व्यक्तीगत स्वार्थ हेर्नेहरु आफ्नो पछि लागेको उनले बताएका छन् ।
पत्रिकाले एउटै समाचार पटक पटक दाहोर्याएर लेखेपछि सांसदहरुले प्रश्न उठाएको उनको भनाइ छ । पारदर्शी र प्रभावबाट मुक्त भएर बजेट निर्माण गरेको बताए । पदमा रहेसम्म कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्ने जनाए ।
साथै जेठ १४ गते बजेट निर्माणको दिन कुनै अनाधिकृत व्यक्ती प्रवेश नगरेको दाबी गरेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?