काठमाडौं- पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो ।
उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
नेकपा एमालेका नेतासमेत रहेका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए।
उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल ९भाग (१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, स्थविरहरुको प्राचीन इतिहास र संस्कृति, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक लेखेका छन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.