२५ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ ।
राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम जारी छ । गर्मीका कारण जनजीवन चौपट भएको छ भने देशभरका विद्यालयहरु बन्द गरिएका छन् ।
राजधानी ढाकाको तापक्रम ४२ डिग्री सेल्सियस माथि पुगेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीका कारण एयर कन्डिसनर, कुलर र पंखाको माग बढे पनि उर्जा अभावका कारण त्यस्ता उपकरणको प्रयोग हुन सकेको छैन ।
कोइलाबाट संचालित उर्जा प्लान्टहरुले भार थेग्न नसक्दा लामो लोडसेडिङ हुने गरेको समाचारमा उल्लेख छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार
तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार