२८ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आगो निभाउने, खोजी र उद्धार कार्यमा ८ सय जनाभन्दा धेरै मानिस सहभागी भएका खबरमा उल्लेख छ । डढेलोको उच्च जोखिममा रहेका ७ सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको छ । उच्च तापक्रम, डढेलोको क्षेत्र विशाल बन्दै जानु र हावाहुरीका कारण आगो निभाउन निकै समस्या भएको छ ।
गएराति मुख्य क्षेत्रको डढेलो निभाएसँगै बिस्तारै सबै क्षेत्रको डढेलो निभाउन सहज हुने अधिकारीहरुले जनाएका छन् । जङ्गलमा दुई वटा ठूला चट्याङ परेपछि डढेलो सुरु भएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार