काठमाडौं- नेपाली काँग्रेसका सांसद दीपक गिरीले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै सलाम गर्नुभएको छ ।
संसद गिरीले आईतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुको कुनै हैसियत नभएको भन्दै आफुलाई झोले सांसदको संज्ञा दिनुभएको छ ।
यसका साथै उहाँले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभएको छ । सांसद गिरीले भारतको तत्कालिन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताउनुभयो ।
तत्कालिन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिशहरुलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उहाँले बताउनुभयो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.