काठमाडौं- सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ ।
बैठकमा सोमबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि सोमबार पनि रहेको छ ।
प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै सोमबार लागि सारिएको हो ।
अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन् ।
बजेटमाथि सोमबार पनि सांसदहरुले आ–आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल सुरु भएको हो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.