काठमाडौ । माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरुको छाता संगठन स्टेपले बृहत् शैक्षिक मेलाको तयारी गरेको छ ।
शिक्षालयहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्दै आफना सदस्य संस्थाहरुभित्र अध्ययन गर्ने विद्यार्थीहरुको पठनपाठन,अतिरिक्त क्रियाकलाप, तथा मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्नु मेलाको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।
आगामी असार १ र २ गते पिस ब्याङक्वेट जोरपाटीमा संचालन हुने उक्त मेलामा एसइइ दिएर बसेका विद्यार्थीहरुले एउटै स्थलमा संस्थामा आवद्द शिक्षालयहरुको परिचय ,पठनपाठन हुने विषयहरु ,२ करोड बराबरको छात्रवृत्ति प्रदान,अतिरित्त क्रियाकलाप र शैक्षिक तथा भौतिक विषयको जानकारी पाउनेछन् ।
स्टेपका अध्यक्ष मदनकुमार सुवेदीले एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीहरुलाई यस शैक्षिक मेलाले गन्तव्य सम्म पु्र्याउने बताउनु भयो ।विद्यार्थीका कौतुहलता उदेश्य ,जिज्ञासालाई प्रष्ट पार्ने उहाँको भनाइ छ ।
त्यस्तै मेलाबाट शिक्षालयमा टेवा पुग्ने र धेरै विद्यार्थीहरु लाभान्वित हुने कार्यक्रमका संयोजक कृष्ण गौतमले बताउनु भयो
जसमा १५० भन्दा बढी शिक्षालय रहनेछन् भने पाँच हजार बढी विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको छ । साथै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कतिक कार्यक्रम पनि रहेको छ ।