काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ ।
माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग बुधबार विहान बालुवाटारमा उहाँले भ्रष्टाचारीहरूलाई जोगाएर सरकारमा बस्नु भन्दा बरु सरकार छाड्न तयार हुने बताउनु भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको प्रशंगमा दाहालले सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति दिने पक्षमा नरहेको बतानउनुभयो । आफू संसदमा वान मेन आर्मी जस्तो हुनुपरेको गुनासो गर्दै उहाँले सभामुख समेत विपक्षीसँग मिलेर आफूलाई असहयोग गरेको आरोप लगाउनुभयो ।
आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको दाबी गर्दै दाहालले पछिल्ला ६० वर्ष यताको अवधिमा पहिलो पटक भारतसँग राम्रो सम्बन्ध जिकीर गर्नुभयो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.