३२ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।
३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो ।
यस्तै, साउदले सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको बताउनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?