३२ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विराटनगर- कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन् ।
आजै बजेट सार्वजनिक गर्ने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार आजै बजेट सार्वजनिक गर्ने तयारी छ ।
माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेको सरकारको नीति तथा कार्यक्रम बुधबार मात्र प्रदेशसभामा पेश भएको थियो । तर साँझ अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?