३२ जेठ २०८०, बिहिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई मुख्य सचिवको पदमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्छ ।
अर्थविद्समेत रहनुभएका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?